उसै संग यो मनको कुरा पोख्ने आशा मेरो ।
कस्को मायाँ धेरै होला भनि जोख्ने आशा मेरो ।
सकिंदैन बाँच्न दिल भित्र राख्या बिना अब
र त अब जानेलाई यहीं रोक्ने आशा मेरो ।
जिउनु छ धेरै हामी दु:ख सुख झेल्दै यहाँ
यसर्थ त भोगाई'ती साथै भोग्ने आशा मेरो ।
हुन्न तिम्रो मिलन नै भन्छन् ईर्ष्या गर्नेहरु
अनि र'पो तिनै संग बाजी ठोक्ने आशा मेरो ।
त्यसैले'त लगनको मिती तोक्ने आशा मेरो ।