उसैको यादमा डुबेर बिहानीको प्रहर फाट्यो
तिमी मेरो मुटुको टुक्रा भनी उसले ढाट्यो
कतिसम्म जाली रैछ स्वार्थी मन काली रैछ
हृदयमा जलन छोडेर मिर्मिरेमै बाटो काट्यो
तिम्रै हुँ जूनीभरि भुल्दिन भन्थ्यो केही गरी
छेपारोको झैं रुप फेरि पिरतीको डोरी बाट्यो
अघाएसि फेक्ने बानी कागजको फूल ठानी
मलाई दिएको सिंगो जीवन अरुसँग साट्यो