हिजो राती अर्कै सँग बस्यौ अरे हो र?
उसकै बलबाहु माझ खस्यौ अरे हो र?
रातलाई छिचोलेर सन्नाटालाई बिथोलेर
ठुलाघरको बेसी गोठमा पस्यौ अरे हो र?
म सँग चिल्ला चाप्ला कुरा गर्थ्यौ एकै नाश
उसँग नि चिल्ला कुरा घस्यौ अरे हो र?
भाले बांस्दा बिहानिको हत्तपत्त बाहिर निस्की
लथालिङ्ग भा’को पटुकी कस्यौ अरे हो र?
कुरा सुने गाँईगुँई आज पन्चायत बोलाएको
कठै बरा! सौता भई फस्यौ अरे हो र?
हिजो राती अर्कै सँग बस्यौ अरे हो र?
उसकै बलबाहु माझ खस्यौ अरे हो र?