फगत प्रेम बारबार याद आयो
कसैको फेरी लगातार याद आयो
जब साँझपख, झ्याउकिरी करायो
तिनै पाउजुको झन्कार याद आयो
सुन्दर सानो चिटिक्क घरबार बस्ने
झुठा बाचा, कच्चा आधार याद आयो
डुबेर मदिरामा भुल्न खोज्दा पनि
उही एकादेशको संसार याद आयो
यो के भयो अनुभव यत्रतत्र सर्वत्र
उनै प्रियसिको मुहार याद आयो