यदा कदा याद आए, तीम्रो मुटु झस्कियोस ।
सम्झनामा मन रुदा, तीम्रो छाती चस्कियोस ।।
घर छोडे को दुई दिन मै, नाठो सङ्ग गएछौ ।
सुख पाउदा मातियौ, तीम्रो छाती चस्कियोस ।।
आफ्नै खुन बिर्सने, कस्तो कठोर मन पनि ।
कहालिन्दा त्यही खुन, तीम्रो छाती चस्कियोस ।।
कलीला..ति मुना, दुई मुटु का धड्कन ले ।
ममी भनी पुकारदा, तीम्रो छाती चस्कियोस ।।
थोपा थोपा झर्दा आशु,तीम्रो छाती चस्कियोस ।।