यहाँ मेची देखी काली सम्म कोही देखिएन ।
सबकोलागि केहीगरौ भन्ने मान्छे भेटिएन ।।
हिमाल, पहाड, मधेस तराइ सबै एउटै हो ।
हामीएक हौ छैनौपराइ भन्ने मान्छे भेटिएन ।।
मन्दिर,चर्च,चैत्यगुम्बा,मस्जिद, माङ्हिम ।
सबैलेपुज्ने देउताएउटै भन्ने मान्छे भेटिएन ।।
दिनकोघाम रातकोजुन सबैले खाने एकैनुन ।
छुवा छुत लाई फालौ भन्ने मान्छे भेटिएन ।।
कालो गोरो रङ्गबेग्लै भन्ने मान्छे भेटिएन ।।