यहाँ रस भर्ने भन्दा सोस्ने धेरै देखिए ।
आगो माथि घिउथप्दै ठोस्ने धेरै देखिए ।।
आफुमाथी उठ्न गरीबमारा सामन्त लाई ।
देउता मानी पाउ पर्दै पोस्ने धेरै देखिए ।।
मानवताको खोलओढी निर्धोलुट्ने बलिया ।
आफ्नो छोढी पराइको खोस्ने धेरै देखिए ।।
एउटामाथी दु:खआए सबैमिली अङ्गाल्दा ।
नाना भाती कुरालाउदै झोस्ने धेरै देखिए ।।
आगो माथी घिउथप्दै ठोस्ने धेरै देखिए ।।