निष्कलँक स्वछ मन ले बाच्ने देखिएन ।
निसन्देह: आत्मा गौरब साच्ने देखिएन ।।
कुल्चिएर अरु लाई अघी बढ्ने हरु ।
आँफै लाई कसी लगाई जाच्ने देखिएन ।।
ताक परे तिवारी चाल नत्र गोतामे हो ।
निर्विवाद ले स्वतन्त्र मा नाच्ने देखिएन ।।
कलँक मा मुछिएर ओभानो नै बन्छन ।
समाजमा त्यो आफ्नोढाड भाच्ने देखिएन ।।
वाद_वाद मा अल्झिएर मती भ्रष्ट हुँदा ।
फोहोर सङ्ग आँफै लाई दाज्ने देखिएन ।।