यस्पालित घरैको छानो फेर्नुपर्छ छोरा ।
आफुभन्दा ठुलोको कुरा टेर्नुपर्छ छोरा ।।
अब हाम्रो उमेरले डाँडा काटिसक्यो हेर ।
बहिनिको लागि नि केटा हेर्नुपर्छ छोरा ।।
छिमेकिले मिलेर हेप्न थालेकाछन् यहाँ ।
आफ्नो करेसा बारी जती घेर्नुपर्छ छोरा ।।
घरफर्क अबत कती बिदेश बस्छौ भन ?
हामीमर्दा कफनले तिम्ले बेर्नुपर्छ छोरा ।।
आफुभन्दा ठुलोको कुरा टेर्नुपर्छ छोरा ।।