यता टाल्दा उता फाट्ने साला जिन्दगि
हात छाम्दा खुट्टा काट्ने साला जिन्दगि
कति गर्नु गर्ब पनि बचाउनै अति गारो
नुनचुकसंगै थुक चाट्ने साला जिन्दगि
मुला,खाते ,भाते,चोर,गधा,नाथे सहि रहे
मुटुभने भित्रै भित्र काट्ने साला जिन्दगि
कति आए पिडा संगै घोलीएर दुखहरु
धेरै दुख थोरै सुख टाट्ने साला जिन्दगि
कति मिलाउ कुरा ढाट्ने साला जिन्दगि
यता टाल्दा उता फाट्ने साला जिन्दगि
हात छाम्दा खुट्टा काट्ने साला जिन्दगि