यति छिटै जिन्दगीका पाटाहरु फेरिएछन
थाहै नपाइ गन्तव्यका बाटाहरु फेरिएछन
हृदयलाई बिच्छ्याएर माया प्रेम सजाएको
स्नेहालु त्यो आँगनीका माटाहरु फेरिएछन
किट पत्थर फुटाएर बनाएको बगैँचालाई
चट्ट पारी सिङ्गारेका साटाहरु फेरिएछन
थोप्ला थोप्ली बटुलेर दिनानुदिन बहाएको
रगत तथा पसिनाका टाटाहरु फेरिएछन
घाउ फेरि बल्झिएर खाटाहरु फेरिएछन