यति धेरै माया दिई छोडी नजानु
अजम्बरी नाता हाम्रो तोडी नजानु।।
माया जाल पारी आफु खुशी भएर
दुखाएर मेरो मुटु घोची नजानु।।
दु:ख सुख जस्तो पर्छ त्यस्तै तारौला
आपतको बेला सुख खोजि नजानु।।
सानो झुप्रामा नै माया प्रेम सातौला
सँगै मरौ महल त्यो रोजी नजानु।।
अर्कै सँग नयाँ नाता जोडी नजानु।।