यौटा गीत जिन्दगीको लेखेर मरुंला
तिम्रो लागी मुटु आफै छेकेर मरुंला
यस्तै रैछ बांचिन्जेल दुखको जिंदगी
तिमी भित्र खुशीयाली देखेर मरुंला
आखा छोपी रौला बरु छातीनै थिचेर
एक पल्ट आँशु सरी भेटेर मरुंला
तिम्रै निम्ती मर्न पाए खुशीले रमौला
यौटा तार पिरतीको रेटेर मरुंला
ईच्छाहरु मनभरी साँचेको तृष्णाले
पिरतीको प्यासहरू मेटेर मरुंला