यता उता हेर्छु तिम्रो चालै राम्रो लाग्छ काली
त्यो भन्दा नि अझैबढी गालै राम्रो लाग्छ काली ।
उत्ताउली छौ चन्चले छौ झंकारभने मीठो दिन्छ्यौ
गोरो हो कि कालो हो खोई छालै राम्रो लाग्छ काली ।
सल्किएका अंगहरु छल्किएका रंगहरु
पुस्टपुस्ट अग्लो जीउ डालै राम्रो लाग्छ काली ।
मन परेको मान्छेले त जे गरे नि राम्रै भन्छन्
ढल्की ढल्की हिड्ने तिम्रो तालै राम्रो लाग्छ काली ।
तिमीले दिने स्वयम्बरको मालै राम्रो लाग्छ काली ।