यो देशको मुहार, फेर्नु पर्छ भन्दै हिड्थ्यो
जाई लाग्नेको गर्धन, सेर्नु पर्छ भन्दै हिड्थ्यो
चारै तिर छरीएका, बिचार अनि चाहनालाई
एकताको डोरीले, बेर्नु पर्छ भन्दै हिड्थ्यो
रात दिन समान, थियो सधै उसका लागि
लाग अघि सबैलाई, खेर्नु पर्छ भन्दै हिड्थ्यो
गर्थ्र्यो चिन्ता पराईले, देश लुछि खा'को देख्दा
जाउ नेपालि सिमाना, घेर्नु पर्छ भन्दै हिड्थ्यो
आज देश टुक्रिएर, छरपस्ट भै सक्दानि
आएन खै नयाँ नेपाल, हेर्नु पर्छ भन्दै हिड्थ्यो