यो जिन्दगी देखि हार खाएँ साथी आज ।
दिन पनि लाग्न थाल्यो जसै राती आज ।
जिन्दगी का सपना नि थिए थुप्रै मेरा
कहाँ पुरा भयो र ति भए थाँती आज ।
बाकल नि गरे खै त लक्ष्य पुरा भा'को
खेर गए देवतालाई च'ढा पाती आज ।
जोडे नाता कसै संग टुट्यो त्यहि पनि
चोटै चोट खाएँ साह्रै दुख्छ छाती आज ।
एकबारे जुनी भयो नाना भाँती आज ।