यो जिन्दगीमा अब, त्यो उमंग छैन !
थियो साथ जो मेरो, अब संग छैन !
क्यान्भास्मा कोरिएका, सयौ चित्र उन्को,
फिक्का छ्न्, तर भर्ने, कुनै रंग छैन !
आफ़्नाको पासोमा नै , बेरिन्छु म संधै,
मित्र र वैरी चिन्ने, मेरो ढंग छैन !
रेटेर आफै लाई, बली दिंदा पनि,
खै किन हो त्यो ईश्वर, अझै दंग छैन !
त्यो पापी दैव सँग, अब जंग छैन !
(यो जिन्दगीमा अब, त्यो उमंग छैन !
थियो साथ जो मेरो, अब संग छैन !)