यो मुटुले मायाँ गर्ने पलहरु थिए
देउतालाई चढाएका जलहरु थिए ।
तिम्रो काखमा गुटुमुटु पार्नलाई कति
मखमली पछयौरी र सलहरु थिए ।
हाम्रो मायाँ देक्दाखेरि प्रतिश्पर्धा गर्ने
सयौं जना जमातका दलहरु थिए ।
भोकप्यास लाग्दैनथ्यो लागिहाले पनि
पिरतीका मीठामीठा फलहरु थिए ।
त्यो बेला त समस्याका हलहरु थिए ।