आऊ न आऊ तिम्रो खुशी
म त सधैं पर्खि रहुँला
आए पनि म हेरी रहुँला
गए पनि हेरी रहुँला
कहिलेकाहिं दृष्टि पनि
मुवाई भन्दा मिठो हुन्छ
कहिलेकाहिं छायाँ पनि
माया भन्दा न्यानो हुन्छ
तिम्रो बाटो छेक्दिन म
देख्नै मात्र पाए पुग्छ
आए पनि हेरी रहुँला
गए पनि हेरी रहुँला
आऊ न आऊ तिम्रो खुशी
म त सधैं पर्खि रहुँला
बसन्तमा सबै फूल
फुल्नै पर्छ भन्ने छैन
जित्नै पर्छ भन्ने छैन
तिम्रो चित्त खोस्दिन म
हातै मात्र पाए पुग्छ
आए पनि हेरी रहुँला
गए पनि हेरी रहुँला
आऊ न आऊ तिम्रो खुशी
म त सधैं पर्खि रहुँला