अलग हाम्रो शहर अझै,टाढा हुनु रहेछ
औधि माया लाग्थ्यो तिम्रो,सम्झी रुनु रहेछ
सुन्छु तिमी जाँदै छौ रे,धेरै-धेरै पर
होसमा जंघार तर्नु सानु,आफ्नु ख्याल गर
तिम्रो याद दिलमा राखी,तस्बिर छुनु रहेछ
औधि माया लाग्थ्यो तिम्रो,सम्झी रुनु रहेछ
हिम-शिखा झैं तिम्रो मुहार,सँधै खुशी राख्नु
अभाब हुन नदेउ मनलाई,सँधै झुसी राख्नु
मेरो खुशी आँशु बगाई.आज धुनु रहेछ
औधि माया लाग्थ्यो तिम्रो,सम्झी रुनु रहेछ
औधि माया लाग्थ्यो तिम्रो,सम्झी रुनु रहेछ