अलि-अलि गर्दै निको हुनेछ, छोड यी मेरा घाउ
दुख्न देउ यो छाती सहन्छु म, प्रियतम तिमी जाउ
अरु त केहि सकिन दिन, लगि जाउ कहानी
कोरेर राख्नु स्मृति भित्र, त्यही राख्नु सिरानी
मलाई नि चाहिन्न तिम्रो खुशी, याद मात्रै बनि आउ
दुख्न देउ यो छाती सहन्छु म, प्रियतम तिमी जाउ
कुनै बेला म नि आउन सकुँला, तिमी माझ याद बनि
नझस्काउ मुटु हाँसेर टार्नु, पागल थियो त्यो भनि
हेर्ने छु आकास तिम्रो वियोगमा, जून बनि सँधै छाउ
दुख्न देउ यो छाती सहन्छु म, प्रियतम तिमी जाउ
दुख्न देउ यो छाती सहन्छु म, प्रियतम तिमी जाउ