परदेशी छोरो, खै कैले आउछ, भन्दै छ्यौ कि आमा!
म दिन रात, काट्दै छु याँहा, हजुरकै सम्झनामा!!
दश नंग्रा खियाई, अर्काको देशमा, म घुडा धस्दै छु,
साग सिस्नु पकाई छाक टारेको, सम्झेर बस्दै छु!
हामी गरीबले सुन लाए पनि, भन्दो रै'छ तामा!
म दिन रात काट्दै छु आमा, हजुरकै सम्झनामा!!
परदेशी छोरो.....
साहुको त्यो ऋण, यसपाली सबै, तिर्ने सुर कस्दै छु,
मुटुमा बिझ्ने, त्यो तिखो वचन, सम्झेर बस्दै छु!
म दिन रात काट्दै छु आमा, हजुरकै सम्झनामा!!
परदेशी छोरो, खै कैले आउछ, भन्दै छ्यौ कि आमा!
म दिन रात, काट्दै छु याँहा, हजुरकै सम्झनामा!!