अनगिन्ति माया दिई छोडी नजानु
अजम्बरी नाता हाम्रो तोडी नजानु
भुमरीमा पारि आफु खुशी भएर
पराईको घुम्टो ओढी सजि गएर
आँसु दिई अर्को नाता जोडी नजानु
अजम्बरी नाता हाम्रो तोडी नजानु
दु:ख सुख बाडी चुँदी सँगै तारौला
झुप्रामा नै माया अनि प्रेम सातौला
हर्षको त्यो सानो पोको फोडी नजानु
अजम्बरी नाता हाम्रो तोडी नजानु
अनगिन्ति माया दिई छोडी नजानु
अजम्बरी नाता हाम्रो तोडी नजानु।।