अनमोल आँसु हरु, तिम्रो यादमा झार्दै छु
भेट्न भनि तिमीलाई, दुई पाइला सार्दै छु।।
एक्लै हुँदा तिम्रो याद, धेरै आएर सतायो
दिन रात सम्झी बस्दा, मात लागेर मतायो।।
तिम्रो खुशी मेरै सोची, सारा खुशिया मार्दै छु
भेट्न भनि तिमीलाई, दुई पाइला सार्दै छु।।
तिमी बाट टाढा भई, बस्नु बेकार लाग्दै छ
नियतिको गति देख्दा, बाँच्ने रहर भाग्दै छ।।
छिटै मिल्ने आशा बोकी, डुंगा दिलको टार्दै छु
भेट्न भनि तिमीलाई, दुई पाइला सार्दै छु।।
अनमोल आँसु हरु, तिम्रो यादमा झार्दै छु
भेट्न भनि तिमीलाई, दुई पाइला सार्दै छु।।