औसीको अँधेरी रातमा, पुर्णीमाको जुन बनि छाउने छु
उदास एकान्त ठाउँमा पीडा भुल्ने धुन बनि आउने छु।
जीवन यो रहे सम्म सुख दु:ख साट्नु पर्छ मिलि जुली
वर्षादको आँधी हुरीमा अडिक हुन आत्नु पर्छ मिलि जिली।
त्यसैले हरेक पलमा कहिल्यै नभुल्ने गुण बनि आउने छु
उदास एकान्त ठाउँमा पीडा भुल्ने धुन बनि आउने छु।
शत्रुको अगाडी नझुक्ने वीर हामी बन्नु पर्छ एक अर्का
उकाली ओराली पाखामा बाटो हरु खन्नु पर्छ एक अर्का।
त्यसैले तिम्रो जीवनमा शक्ति शालि नुन बनि आउने छु
उदास एकान्त ठाउँमा पीडा भुल्ने धुन बनि आउने छु।
औसीको अँधेरी रातमा,पुर्णीमाको जुन बनि छाउने छु
उदास एकान्त ठाउँमा पीडा भुल्ने धुन बनि आउने छु।