वाचा कसम तोडी आज पाईला अन्तै चाल्यौ
आफ्नो सम्झी दिल दिंदा लात्याएरै फाल्यौ
स्वार्थी दुनियाँमा कठै ! जिउन कति गाह्रो
झनै तिम्रो चोखो मायाँ पाउन कति साह्रो
हिज आज के भो कुन्नि झर्किन पो थाल्यौ
आफ्नो सम्झी दिल दिंदा लात्याएरै फाल्यौ
न त बुझ्यौ मलाई नै न त मेरो मायाँलाई
न त छोयौ मलाई नै न त मेरो छायाँलाई
आफ्नो सम्झी दिल दिंदा लात्याएरै फाल्यौ
वाचा कसम तोडी आज पाईला अन्तै चाल्यौ
आफ्नो सम्झी दिल दिंदा लात्याएरै फाल्यौ