बजाउँ भने बाँसुरी आफ्नै मन रुन्छ
नबजाउँ त बाँसुरी पिरले मुटु खान्छ
जिन्दगि यो लाली बिना गोधुलिले ढाक्यो
मन बुझाउने जून-तारा थ्यो त्यो नि टाढा भाग्यो
आउन खोछ खुशी मनमा तर बिलाई जान्छ
बिरह चल्छ बाँसुरीले र त यो मन रुन्छ
मन बुझाउछु आज भोलि फुल्या गुलाफ हेरी
बाँच्ने रहर जाग्छ अनि छुट्टै इतिहास कोरी
के गर्नु र चारै तिर सबले खुट्टा तान्छ
सोंची बसे ए है सानी!पिरले मुटु खान्छ
बजाउँ भने बाँसुरी आफ्नै मन रुन्छ
नबजाउँ त बाँसुरी पिरले मुटु खान्छ