भन तिमी मुटु झिकी, हत्केलामा राखी दिन्छु
चिता माथी बसी आफ्नै, जिउको आगो तापी दिन्छु
भन तिमी मुटु झिकी...
तिमीले माया कता खोज्यौ, मैले छामे हरधड्कनमा
तिमीले प्राप्ती केलाई ठान्यौ, मैले भेटे समर्पणमा
मेरो माया कम भो भने, थाप तुलो नापी दिन्छु
चिता माथी बसी आफ्नै, जिउको आगो तापी दिन्छु
भन तिमी मुटु झिकी...
ढुङ्गा राखी हासेको छु, मत मुटु माथी आखिर
मरे तुल्य बाचेको छु, मत सधै तिम्रै खातिर