सम्झेर तिमी आँशुले मेरो भिज्दैछ सिरानी ।
फर्केर छिट्टै आउँनु है माया नबन्नु बिरानी ।।
आँखामा आँशु सुकेन कैले सकिन भुल्नलाई ।
तिम्लाई छोडि पराए सँगै सकिन डुल्नलाई ।।
बित्ने भो मेरो उमेर त्यसै ढल्कियो जवानी ।
सम्झेर तिमी आँशुले मेरो भिज्दैछ सिरानी ।।
सबैको देख्छु हँसिलो ओठ मिलेको जोडीछ ।
त्यसैले माया अहिले मेरो मन्निकै दु:खीछ ।।
तिम्लाई सम्झी जल्दैछ दिल हुँदैछु खरानी ।
फर्केर छिट्टै आउँनु है माया नबन्नु बिरानी ।।
सम्झेर तिमी आँशुले मेरो भिज्दैछ सिरानी ।
फर्केर छिट्टै आउँनु है माया नबन्नु बिरानी ।।