चर्किन्छ मुटु मेरो दर्किन्छन यादहरु
पटक पटक गिज्याउदै फर्किन्छन यादहरु
मायाको बारीमा फुलेका फूलहरु
जानी नजानी गरेका भूलहरु
काँडा बनेर छाती घोच्छन घरिघरी
पिडा बनेर बिगत दुख्छन घरिघरी
पासो बनी पलपल सर्किन्छन यादहरु
पटक पटक गिज्याउदै फर्किन्छन यादहरु
पिएर भुल्न थालेँ, भुलेर पिउन थालेँ
अचेल भुल्न केही खुलेर पिउन थालेँ
कस्तो अभागि म मातमा पनि आयौं
दिन त छोडिनौ मेरो रातमा पनि आयौ
फगत आशाहरु सधैं छर्किन्छन यादहरु
पटक पटक गिज्याउदै फर्किन्छन यादहरु
चर्किन्छ मुटु मेरो दर्किन्छन यादहरु
पटक पटक गिज्याउदै फर्किन्छन यादहरु