छंग छंग गर्ने खोलि सरी,{ हाम्रो माया बगिरहोस } २
पल पल मर्ने मुटु हाम्रो, { सँधै खुसि रहिरहोस } २
सर सर चल्ने हावा भइ दुइ मुटु हाँसी रहुँला
कल कल बग्ने पानी भइ प्रीत हाम्रै गाँसी रहुँला
हल चल छर्ने लहर सरी , हाम्रो माया चलिरहोस
पल पल मर्ने मुटु हाम्रो, सँधै खुसि रहिरहोस
छंग छंग गर्ने खोलि सरी.........................
चिर बिर बोल्ने पंक्षी भइ हामी दुवै नाँची रहुँला
झल् मल बल्ने दियो भइ गीत हाम्रै साँची रहुँला
तर तर झर्ने शीत सरी , हाम्रो माया फलिरहोस
पल पल मर्ने मुटु हाम्रो, सँधै खुसि रहिरहोस
छंग छंग गर्ने खोलि सरी.......................
छंग छंग गर्ने खोलि सरी,{ हाम्रो माया बगिरहोस } २
पल पल मर्ने मुटु हाम्रो, { सँधै खुसि रहिरहोस } २