देशले रगत मागे मलाई बली चढाऊ
रुँदिनन मेरी आमा हो नेपालीकी छोरी
बुढेसकालका लाठी देश यज्ञभित्र होमी
मेरी बुढीआमा गोठमै हाँसीखुसी देखिन्छिन
ती काँगडाका सन्तान अँझै मरेका छैनन
तर चियाबारी र बाँसघारी कुरिरहेका हुन्छन
पाउँदिन केही पनि रगत-स्तनको साटो
आउदैन माग्न उसलाई हो नेपालीकी छोरी
यमराजको शिर छिनाउने सारा पृथिवीका सन्तान
बघिनीको दूध हैन त्यो त नेपालीको स्तन
सक्दिन म त बाँच्न निर्धा भएर एकछिन
बरु शहिद भएर वीरकै मृत्यु म मर्छु
हामी वीर बनेर मर्छौ गोली त ऊ सहन्छे
माग्दिनन सुनका अक्षर हो नेपालीकी छोरी