देउरालीमा संगै बसी, चढाएको पाती।
जीन्दगीभर नभुलिने, याद बन्यो साथी।।
दु:ख, सुख शेयर गर्दै, हिन्थ्यौं रमाँउदै,
नजाउ छोडी भन्दै रुन्थीन्,हात समाउदै।
आँशुको भल बगाएर, रुझाएको छाती।
जीन्दगीभर नभुलिने, याद बन्यो साथी।।
देउरालीमा संगै बसी...
मुसु-मुसु मुस्कुराउदै, जिस्क्याउने बानी,
जीवन अनि संघर्षका, मिठा कुराकानी।
गफैगफमा बिताएको, त्यो जुनेली राती।
जीन्दगीभर नभुलिने, याद बन्यो साथी।।
देउरालीमा संगै बसी, चढाएको पाती।
जीन्दगीभर नभुलिने, याद बन्यो साथी।।