देउसी र भैलो गुन्जिन थाल्यो घर्देशको आँगनमा ।
मै दुखी रुन्छु धुरु मा धुरु पर्देशको आँगनमा ।
दुख्दैछ मुटु कुटू र कुटू पीड़ाले अति भो ।
सुख त हजूर भाग्यमा कक्ति न लेखे जती भो ।
वारी र पारी झिली र मिली बत्तीको तांतीले
खोज्दै पो छनकी गाउँमा मलाई संगी र साथीले ।
म आउन पाईन दीदी र बहिनी तिहारमा न रोए
उनेर माल सयपत्री थुंगा आँसुले न धोए ।
बाँचेछू भने फर्केर आउँछू आईसालको तिहारमा ।
अहिलेलाई भने माफ़ गरे दीदी न बसे पिरैमा ।
फोटो छ राखी दैलोमा ओखार फोडर फाल्दिनु ।
न मारे माया दीदी र बहिनी जोडेर पाल्दिनु ।
संग छन तिम्रा साथी र संगी खुसीले मनाउनु ।
भएन भाई दुःख भो भनी न आँसुले जनाउनु ।
देउसी र भैलो गुन्जिन थाल्यो घर्देशको आँगनमा ।
मै दुखी रुन्छु धुरु मा धुरु पर्देशको आँगनमा ।