ढल्किदैछ जवानी तिम्रो
होस गर नत्र डुविजाला
जमाना छ खराव यहाँ
कतै अन्धकारमा गुमीजाला
चढेर बैश यत्र तत्र, फैलाउदै
नयाँ प्यास कहाँकहाँ, पैलाउदै
भन्न त भन्यौ चोखो छ जोवन
फुलेर काँस भईदेला है योवन
झल्किदैछ जवानी तिम्रो
उफ्रेर कोही त चुमीजाला
जमाना छ खराव यहाँ
कतै अन्धकारमा गुमीजाला
ढल्किदैछ जवानी तिम्रो
होस गर नत्र डुविजाला
जमाना छ खराव यहाँ
कतै अन्धकारमा गुमीजाला
गालेर त्यो रस हिड्यौ बजारमा
जवानीको मुल्य भिडायौ हजारमा
पवनको के भर कता बगीदिन्छउ
चाहना छ कता, कतै लगिदिन्छ उ
पग्लिदैछ जवानी तिम्रो
लिएर स्वाद छोडीजाला
जमाना छ खराव यहाँ
कतै अन्धकारमा गुमीजाला
ढल्किदैछ जवानी तिम्रो
होस गर नत्र डुविजाला
जमाना छ खराव यहाँ
कतै अन्धकारमा गुमीजाला