दिएर तिम्ले गुलावको फूल
छोडेर गयौ के पो भयो भूल।।
जीवन सम्झी फूल दिया रैछौ
मलाई छोडी अर्कै सँग गैछौ
फुट्दै छ यहाँ रोदनको मूल
छोडेर गयौ के पो भयो भूल।।
दु:खी लाई चोट दिई के पायौ
सुकेर जाने फूल दिई अन्तै धायौ
हेरेर बस्छु त्यहि हामी छुट्य पुल
छोडेर गयौ के पो भयो भूल।।
दिएर तिम्ले गुलावको फूल
छोडेर गयौ के पो भयो भूल।।