दु:ख पर्दा पाइन राख्न, शिर उनको काखमा
परेलीले कुलो खोल्यो, बग्यो आँशु आखामा
रनबन घुमौं जता, सबै शुन्य लाग्छ
किनकिन यो मनले, उन्कै साथ माग्छ
खुशी देख्छु जोडी मयुर, नाच्दै आफ्नै भाकामा
परेलीले कुलो खोल्यो, बग्यो आँशु आखामा
दु:ख पर्दा पाइन राख्न, शिर उनको काखमा
परेलीले कुलो खोल्यो, बग्यो आँशु आखामा
छैन हाँसो छैन खुशी, छैन कतै उमङ्गनि
यसैयसै फिक्का भयो, जवानीको रङ्गपनि
कहिले होला पिडा भुल्ने, बाधिएर बाहुपासमा
परेलीले कुलो खोल्यो, बग्यो आँशु आखामा
दु:ख पर्दा पाइन राख्न...
परेलीले कुलो खोल्यो...