दु:ख पर्दा यी आँखा नि, पराई हुँदो रहेछ
रुन खोज्दा त्यसै नाटक गराई हुँदो रहेछ
भक्कानिदाँ मन मुटु यो, आँशु झरेन
कस्तो कपट आफ्नै नयन वास्तै गरेन
छट्पटिदैँ आफ्नै सामु मरै हुँदो रहेछ
रुन खोज्दा त्यसै नाटक गराई हुँदो रहेछ
आँशु झारी मनको पीडा धुनु पर्छ भन्थ्यो
एक्लै बसी एकान्तमा रुनु पर्छ भन्थ्यो
आँशु बिहिन रुँदा घाउ चराई हुँदो रहेछ
रुन खोज्दा त्यसै नाटक गराई हुँदो रहेछ
दु:ख पर्दा यी आँखा नि, पराई हुँदो रहेछ
रुन खोज्दा त्यसै नाटक गराई हुँदो रहेछ