एउटै कथा व्यथा तर, अलग जिउनु पर्ने
कुन जुनिको पाप हो सानी?आँशु पिउनु पर्ने
मलाइ दुखे तिम्लाई दुख्छ तिम्लाइ दुखे मलाइ
गर्न सक्ने केहि होइन बस्नु पर्ने टोलाइ
हरेक प्रहार यो मन फाट्दा एक्लै सिउनु पर्ने
कुन जुनिको पाप हो सानी आँशु पिउनु पर्ने
ठिक छ अब मन बुझाउँदै बाँच्न सिकौ है
कुरा काट्छन् देखे यहाँ हाँस्न सिकौं है
हाम्रो माया मनमै रहोस हिडौं आफ्नै बाटो
अर्को जुनी सागै जिउन हौला ढुङ्गा माटो
एउटै कथा व्यथा तर अलग जिउनु पर्ने
कुन जुनिको पाप हो सानी आँशु पिउनु पर्ने