गयौ तिमी निष्ठुरी भै,मुटुलाई छोडेर ।
संगै हिंड्ने जिन्दगीका,मूलबाटो मोडेर ।
नचिने झैं गर्छौ तिमी,मलाई पराई ठानी
टुक्राई दियौ आखिरीमा,दिल जानी-जानी ।
तड्पाएरै छाडी गयौ ,विश्वासलाई तोडेर
संगै हिंड्ने जिन्दगीका,मूलबाटो मोडेर ।
अर्कैको हुनु रै'छ,किन आशमा पार्यौ भन
म मर्दा रम्ने कस्तो,कठोर तिम्रो मन ।
गयौ आज सम्बन्धको,महल नै फोडेर
संगै हिंड्ने जिन्दगीका,मूलबाटो मोडेर ।
संगै हिंड्ने जिन्दगीका,मूलबाटो मोडेर....।।