जति दु:ख भए पनि विदेश नजाउ चेली ।
जानीजानी बदनामीको नाम नलाउ फेरी ।
सुख अनि सम्पतिको खानि छैन विदेशमा
नारीलाई जे नि गर्छन् छैन चैन विदेशमा ।
हजारौं छन् खाडी मुलुकमा निर्दयी आखेटि
जानीजानी बदनामीको नाम नलाउ फेरी ।
नारीहरुको ईज्जत लुट्छन निर्दयी खाडीमा
बेचैनको लुगा दिन्छन हुन्नौ त्यहाँ साडीमा ।
नजाउ विदेश स्वदेशमै बसौं कष्ट झेली
जानीजानी बदनामीको, नाम नलाउ फेरी ।
जति दु;ख भए पनि विदेश नजाउ चेली ।
जानीजानी बदनामीको, नाम नलाउ फेरी ।