जिन्दगीका पर्खालहरु चर्किएर ढली रहेछ ।
लक्ष्यहरु नि:शेष भै आत्मा गली रहेछ ।
भुल रै'छ जिन्दगीमा हजार बाटो रोज्नु
अर्को गल्ति बैगुनीलाई अपनाउन खोज्नु ।
चेतनाका विजहरु राँको भित्र जली रहेछ
लक्ष्यहरु नि:शेष भै आत्मा गली रहेछ ।
भोगे पछी थाहा हुन्छ प्रशव व्यथाहरु
निर्मोहिलाई लाग्दो रै'छ बनावटी कथाहरु ।
जिन्दगी यो किन आज कायर बनी रहेछ
लक्ष्यहरु नि:शेष भै आत्मा गली रहेछ ।
लक्ष्यहरु नि:शेष भै आत्मा गली रहेछ ।