जिउदै म त लास भएँ साथ छुटेदेखी ।
उन्को मेरो अजम्बरी नाता टुटेदेखी ।।
कसोगरी बाँचु मैले घाएल भा'छु धेरै ।
मुटुभरी नलुक्ने त्यो चोट खा'छु धेरै ।।
मर्नु बाँच्नु भाछु आज खुशी लुटेदेखी ।
उन्को मेरो हिंड्ने बाटो बिचै छुटेदेखी ।।
नयन बाट अश्रु धारा बग्छ पानीसरी ।
श्वास फेर्न गार्हो हुन्छ मेरो घरिघरि ।।
ब्यर्थैलाग्छ जिन्दगानी कर्म फुटेदेखी ।
मणी बिहिन सर्प भाछु बासै उठेदेखी ।।
उन्को मेरो अजम्बरी नाता टुटेदेखी ।।