यौटै यो मुटु माथि लाखौँ भयो चोट
कति प्रहार गर्छौ दैब केछ ममा खोट ?
चाह पनि गरे थिएन डाली माथि फूल्न
न त रहर गरें मैले निलो गगन डुल्न
आँशु संगै हाँसो बग्दा बाँझै थियो ओंठ
कति प्रहार गर्छौ दैब केछ ममा खोट ?
साहस बोकी दियो बाल्छु पल-पल हुरी चल्दा
लाचार मलाई नठान दैब कुनै पल म ढल्दा
असिनाले चुटि राख्छौ मेरो मनको बोट
अति भयो अब दैब केछ म मा खोट ?
कति प्रहार गर्छौ दैब केछ ममा खोट ?