के दोष थियो र छोडी गयौ साथ, तर्किएर
बिदेशिमै हरायौ तिमी आउदैनौ है फर्किएर
बङाँउदै हिडिरहे चोखो माया आरिस गर्ने
नङाउदै नाता साइनो मायाहाम्रो तारिफ गर्ने
बहकावमा बगीगयौ गहिरो माया छोडीगयौ
अर्थ तिम्रो मात्र यहाँ चट्ट नाता तोडीगयौ
हजार बिन्ती तिम्रै पाउमा,गयौ तिमी झर्किएर
बिदेशिमै हरायौ तिमी आउदैनौ है फर्किएर
बदनाम भए दुनियाँमा घाउ अझै बल्झिरह्यो
जुगौजिउन ठक्कर लाग्दै हरेक पल अल्झिरह्यो
मुर्दासरी जिउदो लाश हरेक ठाँउ लडीरहे
बिक्षप्त मुटु तिम्रो यादमा गयौ झन चर्किएर
बिदेशिमै हरायौ तिमी आउदैनौ की फर्किएर
के दोष थियो र छोडी गयौ साथ, तर्किएर
बिदेशिमै हरायौ तिमी आउदैनौ की फर्किएर