बिछोडेर फेरी मनले तिमीलाई माग्न थाल्यो ।
ओईलीएका सपनाहरु लर्बराउँदै जाग्न थाल्यो ।
अन्जानैमा तोड्यौं वाचा अटल पहाड जस्तो
छुटिएर जिउँ भनेनी बाँच्नै गाह्रो हुने कस्तो ।
तिमी नै यो भाग्यमा लेख्या जस्तो लाग्न थाल्यो
ओईलीएका सपनाहरु लर्बराउँदै जाग्न थाल्यो ।
हिज आज सम्झनामा रसाउँछ आँखा कति
तिमी बिना सुन्य लाग्छ जिन्दगी यो अति ।