म सागर हुँ ठानेको त खहरे रहेछु
सुक्नु थियो क्षणभरमा नै उर्लि बहेछु!!
पात-पतिंगर ढुङ्गा माटो साथ लिएर गएँ
वर्षा रुक्यो तागत सकियो ठण्डाराम भएँ
क्षणिकताको उन्मादमा बेहोस भएछु
सुक्नु थियो क्षणभरमा नै उर्लि बहेछु!!
अस्तित्व मेरो मेटिनु थियो नदीमा मिसिएँ
बेनाम म वर्षाको पर्खाईमा समुल चिसिएँ
देखिन जुक्ति नदीको ब्यंग मैले सहेछु
सुक्नु थियो क्षणभरमा नै उर्लि बहेछु!!
म सागर हुँ ठानेको त खहरे रहेछु
सुक्नु थियो क्षणभरमा नै उर्लि बहेछु!!