महान चाड आयो दशै, बिदेशको छ बसाइ
यसपालि नि बित्ने भयो, आशु खसाइ खसाइ
घरमा होला टीका साइत, फुर्सद छैन काममा
बगाए होलान् परिवारले, आशुँ मेरो नाममा
साथी भाइले सम्झे होलन्, खेल्दा लिङ्गे पिङ
आउछु भन्थ्यो फर्किएर, तिरे पछी रिन
महान चाड आयो दशै...
किन आइनस् छोरा घर, बा आमाले सोध्लान्
हाम्रो बाबा खोइ त भनी,छोरा छोरी खोज्लान्
सबको घरमा छा को होला, खुशियाली धेरै
जिबन सङ्गी बस्या होलिन्, बाटो कुरी मेरै
महान चाड आयो दशै...