मन परेको डालीमा, फूल्न नपाउँदा
बैँश हुँदा भमरासँग, भुल्न नपाउँदा
मेरो जीवन बगरको, ढुंगा सरी भो
माझी बिना दोभानको डुंगा सरी भो
दुख्यो मुटु प्रेमको शिखर, चुल्न नपाउँदा
बैशा हुँदा भमरासँग, भुल्न नपाउँदा
मनको दीप निभे झैं आँशु झरेर
अन्धकार भो संसार, आशै मरेर
पोल्यो छाती सबै सामु खुल्न नपाउँदा
बैशा हुँदा भमरासँग, भुल्न नपाउँदा
बैशा हुँदा भमरासँग, भुल्न नपाउँदा