मित्रताको साईनो, गाँस्न खोजेको थिए
जिन्दगीको यात्रामा, तिमी रोजेको थिए।।
किन बुझिनौ तिम्ले, मेरो मनको कुरा
उल्टै हानेर गयौ, मेरो छातीमा छुरा
टाढा भएनि हामी, आफ्नै सोचेको थिए
जिन्दगीको यात्रामा, तिमी रोजेको थिए
हर क्षणमा धेरै, मैले सम्झिने गर्थे
तिम्रो यादमा सधै, मन खुशीले भर्थे
पीर चिन्ता गर्न, सबै छोडेको थिए
जिन्दगीको यात्रामा, तिमी रोजेको थिए
मित्रताको साईनो, गाँस्न खोजेको थिए
जिन्दगीको यात्रामा, तिमी रोजेको थिए।।